पाठेघरको मुखको क्यान्सर र यस सम्बन्धी जानकारी
पाठेघरको मुखको क्यान्सर सचेतना महिना
(CERVICAL CANCER Awareness Month: January 2024) "Learn, Prevent, Screen."
पाठेघर महिलाहरुको प्रजनन् सम्बन्धि एक प्रमुख अंग हो । यो पाठेघरको तल्लो भागमा रहेको हुन्छ । पाठेघरको मुखलाई सर्भिक्स (Cervix) भनिन्छ । पाठेघरको मुखको क्यान्सर महिलाहरुमा लाग्ने सबैभन्दा प्रमुख क्यान्सर हो । संसारका विभिन्न देशहरूमा गरिएको अध्ययन अनुसार पाठेघरको मुखको क्यान्सरको प्रमुख कारण एच. पि. भी. नामक भाइरस हो । पाठेघरको मुखको क्यान्सर (Cervical Cancer) को मुख्य कारण Human Papillomavirus (एच.पि.भी.) को संक्रमण हुनु हो । पाठेघरको क्यान्सर अन्तर्गत पाठेघरको मुखको क्यान्सर तथा पाठेघरको भित्रपट्टिको क्यान्सर प्रमुख हो । यसका साथै धेरैजना पुरुषसँग यौनसम्पर्क राख्ने, सानो उमेरमा धेरै सन्तान जन्माउने महिलामा पनि यो क्यान्सर हुनसक्छ । जब पाठेघरमा असामान्य कोषहरू अनियन्त्रित रूपमा वृद्धि हुन्छन्, तब पाठेघरको क्यान्सर हुन्छ ।
एच.पि.भी. भाइरस २०० भन्दा धेरै प्रजातिहरू (Serotypes) हुन्छन । तीमध्ये हालसम्म मानव शरीरमा क्यान्सर गराउने जोखिम १२ प्रकारका प्रजातिहरूबाट हुन्छ । ती हुन्ः प्रजाति १६, १८, ३१, ३३, ३५, ३९, ४५, ५१ ५२, ५६, ५८ र ५९ । तीमध्ये सबभन्दा बढी जोखिम प्रजातिहरू १६ र १८ रहको छन् । नेपालमा ८०% पाठेघरको मुखको क्यान्सर एच.पि.भी.पजाति १६ र १८ बाट भएको देखिन्छ ।
यो रोग प्रायःजसो ३४-३५ र ६०-६४ बर्ष उमेर समुहका महिलाहरुमा बढि देखिएको छ। संसारमा हरेक वर्ष ५,७०,००० महिलालाई पाठेघरको मुखको क्यान्सर हुन्छ र यो संख्या बृद्धि भएर सन् २०३० सम्ममा ७,००,००० सम्म पुग्ने अनुमान गरिएको छ । त्यसैगरी यो रोगबाट हरेक वर्ष ३,११,००० जना महिलाहरूको मृत्यु हुन्छ र यो संख्या बृद्धि भएर सन् २०३० सम्ममा ४,००,००० पुग्ने अनुमान गरिएको छ । महिलाहरूमा हुने विभिन्न प्रकारका क्यान्सरहरू मध्ये पाठेघरको मुखको क्यान्सर चौथो मुख्य क्यान्सरको रुपमा रहेको देखिएको छघ । विश्व स्वास्थ्य संगठनको सन् २०२० को तथ्यांक अनुसार, संसारका ८८% पाठेघरको मुखको क्यान्सरका विरामीहरू तथा मृत्यु हुने संख्या न्यून र मध्यम आय भएका देशहरूमा देखिएको छ ।
नेपालमा हरेक वर्ष २,१६९ जना महिलालाई पाठेघरको मुखको क्यान्सर हुन्छ र यसबाट हरेक वर्ष १,३१३ जना (औसतमा प्रत्येक दिन ४ जना) महिलाहरूको मृत्यु हुन्छ भन्ने अनुमान छ । महिलाहरूमा हुने विभिन्न प्रकारका क्यान्सरहरू मध्ये पाठेघरको मुखको क्यान्सर दोस्रो मुख्य कारण रहेको छ र क्यान्सरबाट महिलाको मृत्यु हुने पहिलो मुख्य कारण रहेको छ ।
|
पाठेघरको मुखको क्यान्सर हुने कारणहरु :
- ह्युमन प्यापिलोमा भाईरस (Human Papilloma Virus) को संक्रमण
- धुम्रपान तथा मद्यपान
- प्रतिरोधात्मक क्षमता कम हुने रोगबाट ग्रसित महिलाहरु (जस्तैः मधुमेह एच.आइ.भि. संक्रमित)
- सानो उमेरमा विवाह भएका महिलाहरु
- सानो उमेरमा यौन सम्पर्क राख्ने महिलाहरु
- बढि पुरुष संग यौन सम्पर्क गर्ने महिलाहरु
- बढि सन्तान जन्माएका महिलाहरु
- खानपानमा ध्यान नदिने तथा कुपोषण भएका महिलाहरु
- ह्युम्यान् प्यापिलोमा भाईरस (Human Papilloma Virus) को संक्रमण भएका महिलाहरु
- पाठेघर अथवा यौन सम्बन्धि बारम्बार संक्रमण भईरहने महिलाहरु
- लामो समयसम्म हर्मोन (Hormone) तथा चक्की (Pill) लिने महिलाहरु
- क्यान्सरको अन्तिम अवस्थामा मात्र तल्लो पेट दुख्ने,
- अनियमित रुपमा रगत बग्ने (Spotting),
- फोहर तथा गन्हाउने पानी बग्ने (foul smelling discharge),
- यौन सम्पर्कपछि रगत देखिने,
- महिनावारी सुकिसकेका महिलाहरुमा पनि रगत देखिने,
- बिना कारण ढाड, कम्मर तथा तल्लो पेट दुख्नु र खुट्टा सुन्निने,
- बिना कारण वजन घट्ने,
- कमजोरी हुने, रक्तअल्पता जस्ता लक्षणहरू देखिन्छन् भने क्यान्सर फैलिएको अवस्थामा दिसा पिसाव गर्दा अप्ठ्यारो हुने समेत हुन सक्दछ ।
शुरुको अवस्थामा निदान भएको खण्डमा उपचार संभव भए तापनि अन्तिम अवस्थामा उपचारले काम गर्ने संभावना निकै कम रहन्छ ।
- पहिलो अवस्था क्यान्सर पाठेघरमा मात्र हुन्छ, पाठेघरको द्वारमा हुँदैन।
- दोस्रो अवस्था पाठेघरबाट क्यान्सर पाठेघरको मुख तथा द्वारसम्म फैलिन्छ।
- तेस्रो अवस्था क्यान्सर पाठेघरबाट बाहिर फैलिन्छ तर तल्लो पेटका अंगहरूमा मात्र सीमित हुन्छ।
- चौथो अवस्था क्यान्सर तल्लो पेटबाहेक अन्यत्र जस्तैः पिसाब थैली, आन्द्रा, कलेजो, फोक्सो, हड्डी ग्रन्थिहरू र अरू अंगहरूमा पनि फैलिन्छ।
- PAP stain
- HPV DNA test
- Cervical cell biopsy
- असुरक्षित यौन सम्पर्क नगर्ने, स्वस्थ, मर्यादित एवं सुरक्षित यौन अभ्यास गर्ने ।
- एच.पि.भी.खोप लिने । यौन सम्पर्क हुने उमेरभन्दा पहिले नै यो खोप लगाएमा मात्र बढी प्रभावकारी हुने कुरा हाल सम्मको अध्ययनले देखाएको छ ।
- तौल घटाउने ।
- सन्तुलित आहारको सेवन गर्ने ।
- कम चिल्लो र बढी रेसायुक्त खाना खाने ।
- धुम्रपान नगर्ने ।
- नियमित व्यायाम गर्ने ।
- तल्लो पेटको संक्रमण समयमै उपचार गर्ने ।
- अवैज्ञानिक उपचारमा समय नष्ट गरेर सुरुको अवस्थालाई गम्भीर अवस्थामा नपुर्याउने ।
- यो रोगको समयमै पहिचान तथा निदानका लागि तपसिल देहाय बमोजिम पाठेघरको जाँच गराउनु पर्दछः
समयमै उपचार गरेमा पाठेघरको क्यान्सरबाट ८४ प्रतिशत बाँच्ने सम्भावना हुन्छ। पाठेघरको पूर्णरूपमा क्यान्सर भइसकेपछि ८३ प्रतिशत महिलाहरू पाँच वर्ष बाँच्छन् भने सुरुको अवस्थामा निदान भएका ९६ प्रतिशत महिलाहरू पाँच वर्ष बाँच्ने सम्भावना हुन्छ । हाम्रोजस्तो अविकसित, स्वास्थ्य चेतना एवं सेवा केन्द्रीकृत भएको मुलुकमा कमसेकम प्रत्येक अस्पताल तथा प्राथमिक स्वास्थ्य केन्द्रमा अल्ट्रासाउन्ड र योनिश्रावको जाँच गर्ने न्यूनतम व्यवस्था भएमा पाठेघरको क्यान्सरको समयमै निदान भएर महिलाको मृत्युदर घट्ने सुनिश्चित छ ।
क्यान्सर रोगसँग सम्बन्धित अन्य सामग्रीहरु अध्ययन गर्न र डाउनलोड गर्न यहाँ (Click) गर्नुहोला ।

Leave Your Comment