World Blood Donor Day
June 14
International Public Health Days
All
2025
2024
2023
2022
2021
2020
2019
2018
2017
2016
2015
2014
2013
2012
2011
2010
2009
2008
2007
2006
2005
2004
Shisir Kumar Adhikari
1
1537
0
सन १९०१ मा डा.कार्ल लेण्डस्टेनरले रक्त समूह पत्ता लगाएका थिए। मानव शरीरमा ए,बि र ओ रक्तसमूह हुन्छ भन्ने महत्त्वपूर्ण जानकारी पत्ता लगाएकाेले सन् १९३० मा उनीलाई नाेबेल पुरस्कारबाट सम्मानित गरिएकाे थियाे। डा.कार्ल लेण्डस्टेनरकाे जन्मदिन १४ जुनलाई सन २००४ बाट विश्व स्वास्थ्य संगठनले विश्व रक्तदाता दिवसकाे रुपमा मनाउने निर्णय गरेकाे थियाे। सन १९३१ मा संसारकाे पहिलाे ब्लड बैंक स्पेनकाे वार्सिलाेना शहरमा स्थापना भएकाे थियाे। सन् १९४० मा बाईनर र लेण्डिस्टेनरले रक्तसमूह अन्तरगत RH (पाेजिटिभ र नेगेटिभ) पत्ता लगाए। सन् १९६६ मा नेपालकाे पहिलाे ब्लड बैंक लक्ष्मी ब्लड बैंक काठमाडौंमा स्थापना भयाे। नेपालमा वि.सं. २००० सालदेखि रक्तदान कार्यको सुरुवात भएको इतिहास छ । समाजसेवी दयावीरसिंह कंशाकार नेपालका प्रथम रक्तदाता हुन् । उनले वि.सं. २००० मा रक्तदान गरी ‘रक्तदान जीवनदान’ अभियान सुरु गरेका थिए । वि.सं. २०७१ मा राष्ट्रिय रक्त संचार नीति जारी भएकाे छ। याे नितिसंगै रगत व्यवस्थापनमा एकल नेतृत्व रहेकाे नेपाल रेडक्रस साेसाईटी लगायत अन्य संस्थाले समेत निश्चित मापदण्ड पूरा गरि रगत वा रक्ततत्त्व व्यवस्थापन गर्न सक्छन्। रक्तदाताकाे महत्त्वपूर्ण भूमिकालाई सम्मान व्यक्त गर्दै विविध रचनात्मक कार्यक्रमहरु, रक्तदाता उत्त्प्रेरणा, अत्याधिक रक्तदान गर्ने रक्तदाता सम्मान लगायत विविध कार्यक्रम विश्व रक्तदाता दिवस मनाइन्छ ।
रगतको प्रकार रगतको वर्गीकरण ए, बी, ओ तथा एबी र पोजिटिभ तथा नेगेटिभ भनेर गरिएको हुन्छ । रेसस माकासस बाँदरको रगतमा पाइने तत्व भएको रक्त समूहलाई आरएच पोजिटिभ र नभएकालाई आरएच नेगेटिभ समूह भनिन्छ । अरू समूह रगतमा पाइने एन्टिजेनको आधारमा विभाजन गरिएको हुन्छ । कुनै एन्टिजेन नभएमा ओ, एन्टिजेन अनुसार ए, बी र दुवै प्रकारको एन्टिजेन भएमा एबी भनिन्छ ।
रक्तदान गर्न मिल्ने अवस्थाहरु
- शरीरको रक्तचाप सामान्य अवस्था भएमा
- १८ वर्षदेखि ६५ बर्ष उमेर समूहका व्यक्ति
- ४५ किलोग्रामभन्दा बढी तौल भएका व्यक्ति
- कुनै पनि सरुवा रोगहरु जस्तैः HIV/AIDS, हेपाटाइटिस बि, हेपाटाइटिस सि, भिरिङ्गी, मलेरियाजस्ता रगतबाट सर्ने सरुवा रोग भएको व्यक्तिहरु
रक्तदान गर्न नमिल्ने अवस्थाहरु
- दीर्घरोगबाट ग्रसित व्यक्तिहरु ।
- क्यान्सर रोग लागेर उपचारमा रहका व्यक्तिहरु ।
- महिनावरी भएको समयमा ।
- ज्वरो, पखाला वा अन्य सरुवा रोगहरुको संक्रमण भइरहेको व्यक्तिहरु ।
- बच्चालाई दूध चुसाउने महिला ।
- गर्भवती महिला ।
- रक्तअल्पता (रगतको कमी) भएका व्यक्तिहरु ।
- सिकलसेल तथा रगत सम्बन्धी रोग भएका व्यत्तिहरु ।
- ४५ किलोग्रामभन्दा कम तौल भएका व्यत्तिहरु ।
- १८ वर्षभन्दा कम उमेर भएका र ६५ बर्ष उमेर पुगिसकेका व्यक्तिहरु।
- पछिल्लो पटक रक्तदान गरेको ३ महिना नपुगेका व्यक्तिहरु ।
- उच्च रक्तचाप तथा मुटुरोग भएका व्यक्तिहरु, आदि।
के तपाईंलाई थाहा छ ?
एक जनाले रक्तदान गर्दा तीन जनासम्मको जीवन बचाउन वा स्वास्थ्यमा सुधार ल्याउन सकिन्छ ।
एक जनाले रक्तदान गर्दा तीन जनासम्मको जीवन बचाउन वा स्वास्थ्यमा सुधार ल्याउन सकिन्छ ।
Themes/Slogans of World Blood Donor Day
Year
Theme/Slogan
2020
